शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

रौतहटमा २ वडाध्यक्षसहित थप २३ जनामा कोरोना

दैनिक नेपाल २०७७ असार १३ गते २०:१३

रौतहट, १३ असार । रौतहटको एउटा नगरपालिकाका २ जना वडा अध्यक्षसहित १४ जना कर्मचारीमा कोरोनाभाइरसको संक्रमण देखिएको छ ।

बौधीमाई नगरपालिकाका २ जना वडा अध्यक्ष, कार्यापालिका सदस्य र कर्मचारी गरी १४ जनामा कोरोना भाईरस संक्रमणको पुष्टि भएको हो ।
बौधीमाई नगरपालिका भारतीय सिमानासंग जोडिएको छ ।

पछिल्लो तथ्यांकअनुसार जिल्लामा थप २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यसका साथै रौतहटमा कोरोना संक्रमितको संख्या १ हजार १ सय ३८ पुगेको छ ।

त्यस्तै, उपचारपछि निको हुनेको संख्या ७ सय ६५ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित