
काठमाडौँ, १३ असार । गण्डकी प्रदेशमा १६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।
स्वास्थ्य निर्देशनालय गण्डकीले शनिबार साँझ प्रेस विज्ञप्तिमार्फत संक्रमितबारे जानकारी दिएको हो ।
यससँगै प्रदेशमा कूल संक्रमितको संख्या ८ सय ५४ पुगेको छ । थपिएका संक्रमितहरु पोखरा महानगरपालिकामा ५ महिला, नवलपुरको देवचुली नगरपालिकामा ३ महिला, ३ पुरुषसहित ६ नयाँ संक्रमित रहेका निर्देशनालयले जनाएका छन् । त्यस्तै, स्याङ्जाको भीरकोट गाउँपालिकामा २ पुरुष र गल्याङमा ३ पुरुषमा कोरोना पुष्टि भएको छ ।
उनीहरुको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशाला र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको थियो ।















प्रतिक्रिया