बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

नेकपा स्थायी कमिटी बैठक असार १६ गतेसम्मका लागि स्थगित

दैनिक नेपाल २०७७ असार १३ गते १७:३७

काठमाडौँ, १३ असार । सत्तारुढ नेकपाको स्थायी कमिटीको बैठक असार १६ गतेसम्मका लागि स्थगित भएको छ ।

शनिबारको बैठकमा भारतसँगको सीमा विवादको विषयमा केन्द्रीत भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

प्रवक्ता श्रेष्ठका अनुसार आइतबार मदन स्मृति दिवस र सोमबार असार १५ अर्थात दही चिउरा खाने दिन परेकाले २ दिन बैठक नराखेर १६ गते बस्ने गरी बैठक स्थगित भएको जनाए ।

आजको बैठकमा वामदेव गौतम, इश्वर पाखेरलसहित २१ जना स्थायी समिति सदस्यहरुले धारणा राखेका थिए ।

आफ्नो धारणा राख्ने क्रममा नेताहरुले भारतसँगको सीमा समस्या वार्ताको माध्यमबाट समाधान गर्नुपर्नेमा जोठ दिएको जनाइएको छ ।

शनिबारको बैठकमा प्रधानमन्त्री एवम पार्टी अध्यक्ष केपी शर्मा ओली केहीबेर बैठकमा सहभागी भएर बाहिरिएका थिए । उनी स्वास्थ्यको कारण देखाउँदै बाहिरिएका प्रवक्ता श्रेष्ठले जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित