४ कार्तिक २०८३, बुधबार

बाली विनाशक सलह किरा नेपालमा फैलँदै, रौतहटमा पनि भेटियो

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ असार । भारतीय सीमाबाट नेपाल प्रवेश गरेको बाली नष्ट गर्ने सलह किरा रौतहटमा पनि देखिएको छ ।

लाखौँको झुण्ड बालीनाली सखाप पार्ने विनाशक किरा रौतहटको उत्तरी भेग चन्द्रपुर र गजुरा गनरक्षेत्रमा सलह देखिएको हो । कृषि ज्ञानकेन्द्र रौतहटका प्रमुख जितेन्द्र झाले चन्द्रपुर २ मा पनि सलह किरा प्रवेश गरेको जानकारी दिएका छन् ।

शनिबार विहानै बारा, पर्सा र सर्लाहीमा सलह देखिएको थियो । त्यस्तै, बुटवलका केही क्षेत्रहरुमा पनि भेटिएको थियो ।