मंगलबार, ६ चैत २०८०
DainikNepal.com
मंगलबार, ६ चैत २०८०

काठमाडौँ उपत्यकामा थपिए ५ जना कोरोना संक्रमित

दैनिक नेपाल २०७७ असार १३ गते १६:५४

काठमाडौँ, १३ असार । नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ३ सय ९ पुगेको छ ।

शनिबार थप ५ सय ५४ जनामा कोरोनाभाइरस पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमार्फत जानकारी दिएका छन् ।

शनिबार थपिएकामा ५ जना काठमाडौँ उपत्यकाका रहेका छन् ।

प्रवक्ता गौतमका अनुसार काठमाडौँका एक महिला, ३ जना पुरुष र भक्तपुरका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया
सम्बन्धित