शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

निर्माण गरिएको एक साता नबित्दै नाला भत्कियो

दैनिक नेपाल २०७७ असार १३ गते १६:०८

वीरगञ्ज, १३ असार । कलैया उपमहानगरपालिका २ मा निर्माण गरिएको नाला एकसाता नबित्दै भत्किएको छ ।

स्थानीयवासीले ठेकेदार कम्पनीले कमसल निर्माण सामग्रीको प्रयोग गरेको आरोप लगाएका छन् ।

शहरी विकास मन्त्रालयले बोलपत्र आह्वान गरी शहरी विकास कार्यालय वीरगञ्जले ठेक्का सम्झौता गरेको जनाइएको छ ।

उनीहरूले कार्यालयका कर्मचारी तथा ठेकेदार कम्पनीको मिलेमतोमा कमसल निर्माण सामग्रीको प्रयोग हुँदा नाला भत्किएको जनाएका छन् ।

कलैया उपमहानगरपालिकाभित्र सडक स्तरोन्नति तथा मर्मत गर्न आशिष ओंम साई कन्ट्रक्सन जेभीले २०७६ वैशाख १६ गते ठेक्का पाएको थियो । सो आयोजनाको कूल लागत ४८ करोड २२ लाख ५७ हजार ६८९ छ ।

सडक विस्तार कार्यलाई चार भागमा विभाजन गरी ठेकेदार कम्पनी जेभिले कलैया उपमहानगरपालिका २ को दोहोरी स्कुलदेखि पकडी गाउँसम्म निर्माण गरिरहेको नालामा कमसल सामग्री प्रयोग गरी बनाएकाले नाला चुहिने गरेको स्थानीय उपेन्द्र यादवले बताए ।

उनले ८७ सेन्टिमिटर अग्लो नाला भत्किँदा नालाको पानी स्थानीयको घर खेतमा पसेको जानकारी दिए ।

कार्यालयका इञ्जिनियर धीरेन्द्र यादवले निर्माणको अनुगमन गरिने र भत्किएको भए पुनः निर्माण गर्न लगाउने बताए । –रासस

प्रतिक्रिया
सम्बन्धित