शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

रुपन्देहीको बुटवल क्षेत्रमा पनि भेटियो सलह किरा

दैनिक नेपाल २०७७ असार १३ गते १५:३२


काठमाडौँ, १३ असार । प्रदेश ५ मा पनि सलह किरा देखिएको छ ।

शनिबार विहान प्रदेश २ मा देखिएको सलह दिउँसो रुपन्देहीको बुटवल क्षेत्रमा पनि देखिएको हो । भारतीय सीमा क्षेत्रमा देखिँदै आएका सलह नेपालमा शनिबार प्रवेश गरेका हुन् ।

झुण्ड नभएर फाट्टफुट्ट सलह किरा देखिएको प्रदेश ५ का कृषि विकास निर्देशनालयले जनाएको छ । स्थानीयले निर्देशनालयलाई सूचना दिएपछि ति सबै किरा सलह हुन् कि होइनन् लगायत विषयमा अनुसन्धान गरिने जनाइएको छ ।

हाल किरा देखिएका स्थानमा किट विज्ञहरुले अनुसन्धान गरिरहेको निर्देशनालयले जनाएको छ । कतिको संख्यामा आएको यकिन गरेर धेरै नष्ट गर्न नदिने योजना बनाइने जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित