४ कार्तिक २०८३, बुधबार

अनिकाल निम्त्याउने सलह प्रवेश गरेसँगै बाली खान थाल्यो

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ असार । सलह किरा नेपालमा भित्रिएसँगै तरकारी बाली खान थालेका छन् ।

भारतीय सीमाबाट शनिबार सर्लाही, बारा र पर्सामा सहल किरा भेटिएको हो । फट्यांग्राकै एक प्रजतिका रहेको सहल बालीनालीका लागि निकै हानिकारक किराको रुपमा लिने गरिन्छ ।

यसलाई अनिकाल निम्त्याउने किरा पनि भन्ने गरिन्छ । यसले अमेरिकी फौजी किराको भन्दा बढी क्षति पुर्याउने गर्दछ । यसले बालीनालीमा एकसाथ ठूलो संख्यामा बसेर बालीसहित बोट नै खाने गर्छ ।

सर्लाहीको तेलबाली अनुसन्धान कार्यक्रमको कार्यालय नवलपुरमा विहान सलहको विशाल झुन्ड फेला परेको छ । त्यहाँ शुक्रबार साँझसम्म किरा नदेखिएको तर शनिबार विहानै देखिएको बताइएको छ ।

किराले बदाम, धानका बोटहरु खाँदै बताइएको छ । त्यस्तै, किरा भगाउनालाई स्थानीयसहित प्राविधिक टोलीले विषादी छर्कने एवम थाल बजाएर किरा भगाउने प्रयास भइरहेको छ ।

बाराको निजगढ र सिमारामा पनि बिहान सलह किरा आएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

दुवै जिल्लामा प्राविधिकसहितको टोली परिचालन भइसकेको मन्त्रालयले जनाएको छ । नेपालमा यसले कस्तो असर निम्त्याउँछ भन्नेबारे

विज्ञहरुले केही खुलाएका छैनन् । यद्यपि नेपालमा मनसुन भएकाले यसले आक्रान्त नपार्ने कृषि वैज्ञानिकहरु बताउँछन् । नेपालमा कति सलह प्रवेश गरे भन्नेबारे स्थान पहिल्याउने कार्य हुन थालेको जनाइएको छ ।