४ कार्तिक २०८३, बुधबार

असार ९ गतेदेखि बेपत्ता पुरुषको पहिरोले पुरिएको अवस्थामा शव फेला

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, १३ असार । सल्यानमा पहिरोले पुरिएर एक वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको कालिमाटी गाउँपालिका वडा नं. ६ सिरेनी निवासी ७७ वर्षीय डिल्लीबहादुर आले रहेका छन् ।

प्रहरीको अनुसार असार ९ गतेदेखि घाँस काट्ने भन्दै आले घरबाट बेपत्ता भएका थिए ।

प्रहरीले आलेको शव डाँङडुङे खोला किनारमा पहिरोले ढाडभन्दा माथिको भाग पुरेको अवस्थामा शुक्रबार पारेको जनाएको छ ।