
काठमाडौँ, १३ असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक बालुवाटारमा जारी रहेको छ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली केही समय सहभागी भएर फर्किएका बालुवाटार स्रोतले जनाएको छ ।
शुक्रबार उनी बैठकमा सहभागी नभएकोले आलोचना भएपछि शनिबार उपस्थित भएका हुन् ।
बैठकमा सीमासम्बन्धी विषयमा छलफल चलिरहेको जनाइएको छ । यही वुधबारदेखि सुरु भएको स्थायी कमिटी बैठकमा शुक्रबार १८ सदस्यले सीमा सम्बन्धी विषयमा आफ्नो धारणा प्रस्तुत गरेका थिए ।















प्रतिक्रिया