शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

संयुक्त राष्ट्रसंघका कर्माचारीकाे गाडीकाे सेक्स फुटेज लिक, घटना छानविन हुने

दैनिक नेपाल २०७७ असार १३ गते १२:०७

न्युयाेर्क, १३ असार । संयुक्त राष्ट्रसंघले इजरायलमा आफ्ना एक आधिकारिकाे कारमा भएको सेक्सको फुटेजलाई लिएर गम्भीर आपत्ति जनाउँदै यो घटना अति चिन्ताजनक रहेको उल्लेख गरेको छ ।

हाल सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा संयुक्त राष्ट्रसंघको आधिकारिक गाडीको पछाडिको सिटमा रातो लुगा लगाएकी महिला र पुरुषले यौन सम्पर्क गरिरहेको देखिएको छ ।

इजरायलको तेल अवीवको समुद्री किनारको सडकमा गाडी भित्र सो सेक्स भिडियो बनाइएको हो । यो घटनाको छानबिन भइरहेको संयुक्त राष्ट्रसंघले जनाएको छ । भिडियोमा देखिएका मानिसको पहिचान गर्ने काम भइरहेको पनि युएनले उल्लेख गरेको छ ।

भिडियोमा देखिएका व्यक्ति इजरायलमा शान्ति स्थापनार्थ खटिएका व्यक्ति हुन सक्ने जनाइएको छ । भिडियोमा गाडीको अगाडिको सिटमा रहेका एक व्यक्ति मुन्टो निहुराएर बसेको देखिएको छ । तर ड्राइभरले गाडी चलाएको भने देखिँदैन ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसका प्रवक्ता स्टीफन डुजारिकले १८ सेकेण्डको सोभिडयोलाई ‘विभत्स’ भनेका छन् ।

उनले भनेका छन्, ‘यदी युएनकै कर्मचारी यस्तो गर्छन् भने हामी जुन दुर्व्यवहार विरुद्ध लडिरहेका छौँ त्यसको कुनै अर्थ रहँदैन । यस्तो अवस्थामा सबै कुरा हामी विरुद्ध नै जान्छ ।’

यौन सम्बन्ध दुवै व्यक्तिको मन्जुरीमा भएको थियो वा अरु केही भन्ने बारे पनि अनुसन्धान भइरहेको प्रवक्ता डुजारिकले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित