२ कार्तिक २०८३, सोमबार

निसाना छेक्न ओलीको ‘मौनता’

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ असार । नेकपा स्थायी समिति बैठकमा शुक्रबार अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कडा रूपमा प्रस्तुत हुने केही सदस्यको तयारी थियो। पार्टी/सरकार दुवैको नेतृत्वकर्ताका रूपमा उनीमाथि खनिने गृहकार्य पूरा भएको थियो। तर, त्यो विषयले तब छिर्नै पाएन, जब ओली बैठकमै अनुपस्थित भइदिए।

बैठकको पहिलो एजेन्डा अर्थात् अध्यक्षद्वयको मन्तव्य बुधबारै सकिएको थियो। शुक्रबार दोस्रो एजेन्डा थियो– कोभिड १९ रोकथाम, नियन्त्रण र उपचार। त्यसमा सरकारको आलोचना हुने अवस्था थियो। त्यसको उच्चस्तरीय संयन्त्र नेतृत्व गरिरहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले तयारी नपुगेको बताए। र, तेस्रो एजेन्डा अर्थात् ‘नेपालको सीमा समस्या र समाधान’ मा बैठक प्रवेश गर्‍यो।

चौथोमा थियो– सरकारको कामको समग्र समीक्षा। प्रधानमन्त्रीको अनुपस्थितिमा त्यो पनि सम्भव थिएन। त्यही भएर सीमा विषय (जसमा कसैको कुनै विमति थिएन) माथि छलफल गरेर दिन बिताइयो। त्यही सन्दर्भमा जवाफकर्ता बनेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग एमसीसी सम्बद्ध केही सबालजवाफ भयो।

जब प्रधानमन्त्री ओली पार्टीभित्र निसानामा पारिन्छन्, कुनै न कुनै उपायद्वारा उनी त्यसलाई पन्छाउँछन्। लामो प्रयासपछि बोलाइएको स्थायी समितिमा त्यही झल्को मिल्यो। आफूमाथिको सम्भावित आलोचना उनले मौनतामै पन्छाइदिए।

परराष्ट्रमन्त्री ज्ञवालीले कालापानी, लिपुलेक र लिम्पियाधुरामा देखिएको सीमा विवाद समाधानमा भारतले चासो नदिएको बताए। नेपालले पटकपटक वार्ताका लागि आग्रह गरे पनि भारत सकारात्मक नदेखिएको उनले खुलाए। ‘हामी सीमा समस्याको समाधान वार्ताबाटै चाहन्छौं। त्यसकै लागि हामीले तीनपटक भारतलाई पत्र पठायौं। तर, कुनैको पनि उता (भारत) बाट जवाफ आएन। हामीले नोभेम्बर, डिसेम्बर र जनवरीमा पत्र पठाएका थियांै’, उनले भने, ‘हामीले दुईपटक वार्ताको मिति प्रस्ताव गर्‍यौं। अर्काे पटक तपाईंहरूको आफ्नो मिति भन्नुहोस् भन्यौं। तापनि, कुनै रेस्पोन्स भएन।’

सन् १८१६ को सुगौली सन्धिदेखि १८५६ सम्मको ब्रिटिस इन्डिया कम्पनीले बनाएको नक्सामा काली नदीको मुहान लिम्पियाधुरा भएको, त्यहीं नै दुई देशबीचको सीमा नदी भएको उल्लेख थियो। पछि २०३२ सालमा नेपालले आफैं पहिलो पटक आफ्नो देशको नक्सा बनाउँदा लिम्पियाधुरालगायत नसमेटिएको जनाइएको छ। त्यसपछि भारतले नक्सामार्फत नेपालको भूमि अतिक्रमण गर्न सुरु गरेको थियो। रामकृष्ण अधिकारीले अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार लेखेका छन् ।