बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

लभरपुलले इंग्लिस प्रिमियर लिग जित्ने पक्का, लिभरपुलकाे ३० वर्षे पर्खाई अन्त्य

दैनिक नेपाल २०७७ असार १२ गते १०:५३

लण्डन, १२ असार । शीर्ष लिगको उपाधिका लागि लिभरपुलको ३० वर्षको पर्खाई समाप्त भएको छ ।

लिभरपुलले यो सिजनको इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि उचाल्ने पक्का भएको छ ।

लिग अन्तर्गत बिहीबार राति भएको खेलमा दोस्रो स्थानको म्यानचेस्टर सिटी चेल्सीसँग २-१ ले पराजित भएपछि लिभरपुलले उपाधि पक्का गरेको हो ।

जर्गेन क्लोप्पको टिमलाई उपाधिका लागि मात्रै एक जितको खाँचो थियो । तर सिटी पराजित भएपछि अब कुनै पनि टिमले लिभरपुललाई भेट्टाउन नसक्ने भएका हुन् ।

लिभरपुलले समग्रमा १९ औँ पटक लिगको उपाधि जितेको हो । तर यो उपाधि सन् १९८९-९० को सिजनपछि पहिलो उपाधि हो ।

लिभरपुलका धेरै खेलाडीले म्यानचेस्टर सिटीको खेलपछि उपाधि पक्का भएको खुशीयाली मनाएका छन् । यस्तै एनफिल्डमा जम्मा भएका लिभरपुलका समर्थकले पनि उपाधि जितेको खुशीयाली मनाएका छन् ।

चेल्सीले घरेलु मैदानमा भएको खेलमा पुलिसिक र विलियनको गोलबाट जित निकालेको हो । सिटीका लागि केविन डी ब्रुयनले एक गोल फर्काए ।

फर्नानडिन्हो सिधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि सिटी अन्तिमको १३ मिनेट १० खेलाडीमा सीमित भएको थियो ।

उपाधि पक्का गरेको लिभरपुलको सात खेल बाँकी हुँदा ८६ तथा दोस्रो स्थानको म्यानचेस्टर सिटीको ६३ अंक भएको छ । चौथो स्थानको चेल्सीको ५४ अंक छ ।

प्रतिक्रिया
सम्बन्धित