शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

निको भए २ हजार ६५० कोरोना संक्रमित, २६ को मृत्यु

दैनिक नेपाल २०७७ असार ११ गते १६:४८

काठमाडौँ, ११ असार । नेपालमा गत २४ घण्टामा थप ४ सय ३४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

यससँगै संक्रमितको संख्या ११ हजार १ सय ६२ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

त्यसैगरी, देशभर विभिन्न अस्पतालबाट थप ३ सय १२ जना संक्रमितले कोरोना जितेका छन् । प्रवक्ता गौतमका अनुसार १९ महिला र २ सय

९३ पुरुष बिहीबार डिस्चार्ज भएका हुन् । यससँगै उपचारपछि निको हुनेको संख्या २ हजार ६ सय ५० जना पुगेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै, कोरोनाका कारण पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएको छ । प्रवक्ता गौतमका अनुसार पोखरा र ललितपुरमा उपचाररत २ पुरुषको मृत्यु भएको हो ।

यससँगै नेपालमा २६ कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ ।

देशभर हालसम्म २२ प्रयोगशालाहरुबाट पीसीआर परीक्षण भइरहेको छ । त्यस्तै, गत २४ घण्टामा ६ हजार ५ सय ४३ जनाको पीसीआर परीक्षण भएको छ ।

त्यसैगरी, देशभर विभिन्न क्वारेन्टिनमा ७४ हजार २२ मानिसहरु रहेका छन् भने आइसोलेसनमा ८ हजार ४ सय ८६ जना रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित