४ कार्तिक २०८३, बुधबार

गण्डकी प्रदेशमा थप १४ जनामा देखियो कोरोना

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, ११ असार । गण्डकी प्रदेशमा थप १४ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ ।

बिहीबार दिउँसो तनहुँको म्याग्दे गाउँपालिकामा ९ जना र नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिकामा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

म्याग्देमा ७ पुरुष र २ महिला तथा विनयी त्रिवेणीमा ४ पुरुष र एक महिलामा संक्रमण देखिएको हो । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७ सय ६७ पुगेको छ ।