४ कार्तिक २०८३, बुधबार

कतारबाट असार १५ र १६ गते ७ सय ३८ नेपाली फर्काइँदै

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ असार । कतारबाट असार १५ र १६ गते ७ सय ३८ जना नेपाली स्वदेश फर्किने कतारस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासले नेपाल फर्कनैपर्ने अवस्थामा रहेकाहरुको सूची सार्वजनिक गर्दै सो कुरा जनाएको हो ।

कोरोनाभाइरसका कारण भएको लकडाउनले समस्यामा परेकाहरु स्वदेश फर्कनका लागि विभिन्नि माध्यमबाट नाम टिपाएका थिए ।

नेपाल सरकारले पहिलो चरणअन्तर्गतको नेपाल एयरलाइन्सको असार १५ र १६ गतेका लागि तय भएको हो । तेस्रो र चौथो उडानका लागि संलग्न सूचीमा नाम भएकाहरूले तोकिएको एयरलाइन्सको आधिकारिक ट्राभल एजेन्सीमा सम्पर्क गर्न दूतावासले विज्ञप्तिमार्फत अनुरोध गरेको छ ।