
काठमाडौँ, ११ असार । बर्दियाका थप ६ र रुकुमका एक जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा गरिएको नमूना परीक्षणमा सात जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
बर्दियाको गुलरिया नगरपालिका–३ का ३ जना र ४ का ३ जना गरेर ६ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । त्यस्तै, रुकुमको सिस्ने–४ का एक व्यक्तिमा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।















प्रतिक्रिया