शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

प्रदेश ५ मा आत्महत्या गर्नेमा कृषकको संख्या बढी

प्रतिक पौडेल २०७७ असार ११ गते १५:१६

सांकेतिक तस्वीर

-प्रतिक पौडेल

भैरहवा, ११ असार । प्रदेश ५ मा आत्महत्या गर्नेमा कृषकहरु संख्या धेरै भएको देखिएको छ ।

कोरोना संक्रमणका कारण सरकारले चैत ११ देखि गरेको लकडाउनको अवधीमा ३ सय १४ जनाले आत्महत्या गरेका छन् । ५ नं प्रदेश प्रहरी कार्यालय दाङको २०७६/०७७ को तथ्याङ अनुसार गएको ३ महिनामा कृषी पेशामा रहेका १ सय ४४ जनाले आत्महत्या गरेका हुन् ।

यस बाहेक गृहणी ४३ जना, बैदेशिक रोजगारीमा रहेका ६ जना, बेरोजगार ३० जना, चालक-सहचालक २ जना, ज्यामी मजदुरी ४५ जना, विद्यार्थी २९ जना, कर्मचारी १ जना, ब्यापारी ४ जना, अन्य १० जना रहेका छन् ।

कार्यालयका अनुसार २०७५/०७६ को यस अवधीमा आत्महत्या गर्नेको संख्या अहिलेको भन्दा बढि रहेको छ । तथ्यांक अनुसार २०७५/०७६ मा ३ सय ८० जनाले आत्महत्या गरेका थिए ।

२०७५/०७६ मा पनि आत्महत्या गर्ने मध्य अधिकाशं कृषकको संख्यानै बढिरहेको थियो । २०७५/०७६ मा १ सय ७८ कृषकले आत्महत्या गरेका थिए ।

२०७६/०७७ मा आत्महत्या गर्ने मध्य अधिकाशं १६ देखी २५ बर्ष उमेर समुह भित्रका रहेका छन् जसमा ९१ जना छन् । यस्तै २६ देखि ३५ बर्ष उमेर समुह भित्रका ८९ जना, ३६ देखि ४५ बर्ष उमेर समुह भित्रका ५२ जना, ४६ देखि ६० बर्ष उमेर समुह भित्रका २८ जना, ६० बर्ष माथीका २७ जना, १६ बर्ष मुनिका २६ जना र उमेर नखुलेको १ जना रहेका छन् ।

आत्महत्या गर्नेमा महिला भन्दा पुरुषको संख्या धेरै रहेको छ । पुरुष १ सय ७७ जनाले आत्महत्या गर्दा १ सय २९ जना महिलाले आत्महत्या गरेका छन् भने अन्य ९ जना रहेका छन् ।

आत्महत्या गरेका मध्य धेरैले झुण्डिएर आत्महत्या गरेको पाइएको छ जसमा २ सय ५८ जना रहेका छन् भने बिष सेवन गरि ५४ जना र पानीमा डुवेर १ जना रहेका छन् ।

कार्यालयका अनुसार अधिकाशंले आवेशमा आएर आत्महत्या गरेको देखिएको छ । आवेशमा आएर आत्महत्या गर्नेको संख्या १ सय ४१, गरिवीका कारण २४, प्रेममा धोकाका कारण १६, पारिवारिक कलहका कारण ५४, ब्यवसायिक तनावका कारण ४, असफल प्रेम ४, दिर्घ रोगी २२ र अन्य ४८ रहेको छ ।

झुण्डिएर आत्महत्या गर्ने मध्य अधिकाशंले घर भित्रै झुण्डिने गरेको पाइएको छ ।यस बाहेक जंगलको रुखमा, गोठ जस्ता ठाउमा आत्महत्या गरेको पाइएको छ ।

यस्तै बिष सेवन गरेर आत्महत्या रोज्नेहरुले तरकारीमा राख्ने बिषादी प्रयोग गरेको पाइएको छ । यस बाहेक मुसा मार्ने औषधी, जनावरको जुम्रा मार्ने औषधी, विउमा राख्ने औषधी प्रयोग गरेको देखिएको छ ।

आत्महत्या गर्ने मध्य गाउमा बस्ने धेरै रहेको देखिएको छ । गाउमा बस्ने १ सय ९१ रहेका छन् भने शहरमा बस्ने १ सय २२ रहेका छन् । यस्तै अधिकाशं सुसाइड नोट नलेखी आत्महत्या गर्ने रहेका छन् जसमा ३ सय ४ रहेका छन् भने ९ जना सुसाइड नोट लेखेर आत्महत्या गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित