४ कार्तिक २०८३, बुधबार

लहानको छैठौँ नगर सभामा नेपाली कांग्रेसको विरोध

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-महेश सिंह 

सिराहा, ११ आसार । भौगोलिक बनावट, वडाबाट संङ्कलित करका साथै जनसंख्याको आधारमा बजेट बिनियोजन गर्न नगरपालिकालाई पटक पटक आग्रह गर्दा समेत मेयरले अटेरी गरिरहेको नेपाली कांगे्रसका नगर सभापती सुनिल महतोको आरोप रहेको छ ।

लहान मेयरको अटेरी कै कारण नेपाली कांग्रेसले नगर क्षेत्रमा विरोध प्रर्दशन गरेका छन् ।

लहान नगरपालिकाले आगामी आ.ब.का गरेको छैटौ नगर सभामा नेपाली कांग्रेसले असहमती जनाएको छ । पटक पटक नगरपालिकाले बहुमतको आडमा नगरसभा गरेको भन्दै उनिहरुले आगामी आबमा संचालन हुने योजनाहरुको लागि आज गरिएको नगरसभामा असहमती जनाएका हुन । 

जनताको भेलाबाट वडा स्तरीय योजना छनौट नगरेको , वडामा असमान बजेट बाँडफाड , नेकपा भएको वडाका साथै मेयरको कुरा मान्ने वडाहरुमा बढी बजेट बिनियोजन गरेको भन्दै सभा बहिस्कार गरेको लहान नगरपालिका वडा नम्बर– ६ का वडा अध्यक्ष अरुण केसीले बताएका छन् ।

लहान नगरपालिकाको २४ वडा मध्ये ९ वटा वडामा नेपाली काग्रेसले बिजय हासिल गरेको छ भने ४ वटा वडामा पुर्ब संघिय सामाजबादी फोरम , २ वटा मा पुर्व नेकपा माओवादी, र ९ वडामा एमालेले जित हासिल गरेको छ ।

लहान नगरपालिकाको कार्यपालिकामा नेकपाको बहुमत रहेको छ भने यो नगरसभामा हाल जनता समाजबादी पार्टीले सहमती जनाएको स्रोतबाट बुझिएको छ ।

अध्यक्ष केसीले – भने नगरपालिकाले लक्षितवर्गको कर्यक्रमहरु आफने हिसाबले संचालन गरिरहेको बताए । वडामा हुने सिफारिस लगायत, सरसफाई दस्तुरहरुमा कर कम गर्नु पर्ने भन्दै नगरभित्र रहेका अधिकांस वडाहरु गाउँ केन्द्रित भएकोले नगरपालिकाले गाउँबाट सरसफाई कर उठाईरहेको र गाउँका वडाहरुमा सरसफाई नगरिरहेको वडा नम्बर –१५ का वडा अध्यक्ष तेज नारायण चौधरीले बताए ।

हामी पटक पटक यी विषयमा मेयरको ध्यानाअकर्षण गराएका थियौं ’ तर नगरपालिकाका मेयरले यो नगर सभामा पनी यि बिषयहरुमा सुनवाई नगरेका कारण बाध्य भएर हामी नगर– सभा बहिष्कार गर्ने निर्णयमा पुगेको वडा अध्यक्ष चौधरीले बताए ।