४ कार्तिक २०८३, बुधबार

पाल्पामा थपिएका ९३ कोरोना संक्रमित एकै गाउँपालिकाका

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ असार । पाल्पामा पछिल्लो पटक थपिएका ९३ जना कोरोना संक्रमित एउटै गाउँपालिकाका रहेको पुष्टि भएको छ ।

जिल्लामा पछिल्लो पटक पुष्टि भएका सबै कोरोना संक्रमित निस्दी गाउँपालिकाका रहेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

निस्दीका २ सय ३४ जनाको नमुनाको परीक्षणमा ९३ जनामा कोरोना देखिएको हो । उनीहरुको भरतपुर अस्पताल चितवनमा परीक्षण गरिएको थियो ।

पछिल्लो तथ्यांकअनुसार पाल्पामा कोरोना संक्रमितको संख्या ३ सय ७२ पुगेको छ ।