
काठमाडौँ, ११ असार । कोरोनाका काराण मृत्यु भएकाको शव व्यवस्थापनमा स्थानीयले प्रहरी टोलीलाई अवरोध गर्दा भएको छ ।
वुधबार राती मृत्यु भएका स्याङ्जाका एक पुरुषको शव व्यवस्थापनका लागि लैजाँदै गर्दा शवबाहनसहितको प्रहरीलाई स्थानीयले अवरोध गरेका हुन् ।
शवलाई पोखरा ३२ स्थित मजुवा लैजाँदै गर्दा उनीहरुले त्यहाँ शव व्यवस्थापन गर्न नदिने भन्दै घाट नजिकै टायर बालेर विरोध प्रदर्शन गरेका थिए ।
स्थानीयले अवरोध गरेपछि झडप भएको हो । स्थानीयले प्रहरी टोलीमाथि ढुंगामुढा गरेका थिए । त्यसपछि झडप हुँदा करिब एक दर्जन प्रदर्शनकारी घाइते भएका छन् ।
पोखरा महानगरले शव व्यवस्थापनका लागि स्थान खोज्ने सहमतिअनुसार मजुवा तोकिएको थियो ।
उक्त स्थान बस्तीबाट टाढा भएकाले शव व्यवस्थापन गर्न अवरोध नगर्न महानगरपालिकाले आग्रह गरेको छ ।















प्रतिक्रिया