
काठमाडौँ, १० असार । रुकुम पश्चिमको चौरजहारी काण्डका २७ जना आरोपितमध्ये २३ जनालाई थुनामा राख्न अदालतले आदेश जारी गरेको छ ।
रुकुम पश्चिम जिल्ला अदालतले चौरजहारी नगरपालिका वडा नं. ८ का वडाध्यक्षसहित २३ जनालाई थुनामा राख्न आदेश दिएको हो । वुधबार अदालतले वडाध्यक्ष डम्मरबहादुर मल्ल, केटीका बाबुसहित २३ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको हो ।
अदालतले किशोरीकी आमालाई भने १ लाख धरौटीमा रिहा गर्ने आदेश दिएको छ ।
अदालतले इन्द्रबहादुर मल्ल, तुलबहादुर मल्ल र दिपेन्द्र चन्दलाई भने साधारण तारेखमा छोड्न आदेश दिएको छ । घटनाको ठीक एक महिनापछि अदालतले यो आदेश आएको हो ।
अदालतमा असार ५ गतेदेखि थुनछेक बहस सुरु भएको थियो । ५ जना सरकारी वकिल र जाहेरीवालाको तर्फबाट ३ जना अधिवक्तासहित २० जनाले बहस गरेका थिए ।
अदालतले यसअघि सोती गाउँकी १७ वर्षीया किशोरी र उनका भाईलाई नाबालक भएकाले तत्कालका लागि सुधार गृह पठाउने आदेश दिएको थियो ।
जेठ १० गते जाजरकोटका ५ र रुकुमपश्चिमका १ सहित ६ जनाको ज्यान जानेगरी घटना भएको थियो । जसमा वडाध्यक्षसहित ३४ जनाविरुद्ध मुद्दा दायर भएको थियो । जसमध्ये ५ जना फरार रहेका छन् ।
ति ६ जना युवकको विभिन्न समयमा शव भेटिएको थियो ।















प्रतिक्रिया