४ कार्तिक २०८३, बुधबार

सिद्धार्थनगरको बजेट ९५ करोड, गतवर्ष भन्दा २३ करोडले कम

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–प्रतिक पौडेल 

भैरहवा, १० असार । आर्थिक वर्षको ०७७/०७८ का लागि रुपन्देहीको सिद्धार्थनगर नगरपालिका भैरहवाले सातौ नगरसभाबाट ९५ करोड ९ लाख ६६ हजार बराबरको बजेट पारित गरेको छ । यो चालु आर्थिक वर्ष ०७६/०७७ भन्दा २३ करोड ३७ लाख ९८ हजारले कम रहेको छ ।

चालु खर्च तर्फ ५८ प्रतिशत र पुजिगत ४२ प्रतिशत बराबरको रकम खर्च हुने अनुमान सहितको बजेट नगरका उपमेयर उमा काफ्लेले प्रस्तुत गरेकी छन् ।

आर्थिक वर्ष २०७७/०७८ को लागि बजेटको स्रोत व्यवस्थापन तथा आम्दानीको बारेमा पनि चर्चा गरिएको छ ।

जसमध्ये कुल आय मध्ये आन्तरिक आयका स्रोतहरु बाट १६ करोड, राजश्व बाडफाडबाट १३ करोड ७४ लाख ७७ हजार, लागत सहभागिता बाट २० लाख, संघिय, प्रदेश सरकार, दातृ निकाय बाट ५८ करोड ६ लाख १५ हजार र अन्य स्रोत बाट ७ करोड ८ लाख ७४ हजार प्रस्तुत गरिएको छ ।

बजेटमा सामाजिक बिकास तर्फ ३२ प्रतिशत, पूर्वाधार बिकास तर्फ ३१ प्रतिशत, सुसासन तथा संस्थागत बिकास तर्फ २६ प्रतिशत, आर्थिक बिकास तर्फ ७ प्रतिशत र वातावरण तथा विपद् व्यवस्थापन तर्फ ५ प्रतिशत रकम खर्च हुने अनुमान गरिएको छ ।

यसैगरी नगरपालिकाले वडा तहको शिक्षा, स्वास्थ लगायतको सामाजिक विकास, आर्थिक विकास, पुर्वाधार विकास र अन्यका लागी प्रति वडा न्युनतम ४० लाख र जनसंख्या भुगोल र वडागत विकासको अवस्थाको आधारमा तय गरिएको सुत्र मार्फत थप रकम विनियोजन गरि नगरपालिकाका सम्पुर्ण वडाहरुको लागी कुल ८ करोड २० लाख विनियोजन गरिएको छ ।