
काठमाडौँ, १० असार । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी विधेयक तत्कालका लागि अगाडि नबढाउने निर्णय गरेको छ ।
विधेयकसम्बन्धी नेताहरुको विरोध आएपछि अहिलेको लागि विधेयक अघि नबढाउने निर्णय गरेको हो ।
आजैदेखि सुरु भएको पार्टीको स्थायी कमिटीको बैठकमा नेताहरुले संविधानभन्दा माथि राखेर अख्तियारलाई अधिकार दिन खोजिएको भन्दै तत्काल त्यसलाई रोक्ने सहमति भएको जनाइएको छ ।
अख्तियारसम्बन्धी ऐनलाई संशोधन गर्न ल्याइएको विधयेकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निजी क्षेत्रको समेत अनुसन्धानको अधिकार प्रस्ताव गरिएको छ ।















प्रतिक्रिया