
काठमाडौँ, १० असार । अमेरिकाले नेपाली सेनालाई साढे ४ लाख अमेरिकी डलर बराबरको स्वास्थ्य सामाग्री सहयाग गरेको छ ।
कोरोना भाइरस (कोभिड १९) महामारीको रोकथाम, प्रतिकार्य र नियन्त्रणका लागि वुधबार ५ करोड रुपैयाँ बढीको स्वास्थ्य सामाग्री प्रदान गरेको हो ।
सैनिक मुख्यालय जंगी अड्डा पुगेर अमेरिकी राजदूत रेन्डी बेरीले प्रधान सेनापति पूर्णचन्द्र थापालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।
कोभिड–१९ महामारी रोकथाम, प्रतिकार्य र नियन्त्रणका लागि ‘राष्ट्रिय अभियान योजना २०७७’ को सफल कार्यान्वयनका लागि अमेरिकाले ४ लाख ५० हजार अमेरिकी डलर मूल्य बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।
स्वास्थ्य सामग्री बुझ्दै सेनापति थापाले अमेरिकी सहयोगप्रति धन्यवाद दिएका छन् ।















प्रतिक्रिया