४ कार्तिक २०८३, बुधबार

थप ६२९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १० हजार ७२८ पुग्यो

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० असार । नेपालमा थप ६ सय २९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार वुधबार १ सय १० जना महिलासहित थप ६ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ७ सय २८ जना पुगेको छ ।

त्यस्तै, गत २४ घण्टामा थप १ सय १४ जना संक्रमित कोरोनामुक्त बनेका छन् । यसरी कोरोना जित्नेको संख्या २ हजार ३ सय ३८ जना पुगेको मन्त्रालयले जनाएको छ ।