४ कार्तिक २०८३, बुधबार

अध्यक्षद्धयको मन्तव्यपछि सकियो नेकपा स्थायी कमिटी बैठक, अर्को बैठक असार १२ मा बस्ने

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सकिएको छ ।

बैठक पुनः असार १२ गते बस्नेगरी सकिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

आजको बैठकमा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले बैठकमा सम्बोधन गरेका थिए ।

पहिलो दिनको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले मन्तव्य राखेपछि सकिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

आजको बैठकमा सुरुमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओलीले समग्र परिस्थितिका बारेमा धारणा राखेका उनले जनाए ।

त्यस्तै अर्का अध्यक्ष प्रचण्डले पनि वर्तमान परिस्थितिमा सरकार, पार्टी र समग्र परिस्थित र आदर्शलाई केन्द्रविन्दुमा राखेर छलफल गर्न र निष्कर्ष निकाल्नुपर्ने बताएका थिए ।