
काठमाडौँ, १० असार । नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. धर्मकान्त बास्कोटाको कुर्सी जलाएका छन् ।
वुधबार दिउँसो उनीहरुले कुर्सी जलाएपछि विश्वविद्यालयका शिक्षाध्यक्ष तथा रजिष्ट्रारलगायत कार्यालयमा तालाबन्दी गरेका छन् ।
उनीहरुले नेविसंघको नाममा हस्ताक्षर गरेर ढोकामा ताला लगाएका छन् ।
पछिल्लो समय त्रिवि नेतृत्वको विषयमा नेविसंघले दलीय आस्थाका आधारमा नियुक्ति दिएको भन्दै विरोध गर्दै आएको छ ।















प्रतिक्रिया