शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

भारतमा थपिए अहिलेसम्मकै धेरै कोरोना संक्रमित

दैनिक नेपाल २०७७ असार १० गते १४:१८

काठमाडौँ, १० असार । भारतमा कोरोनाभाइरसबाट एकै दिनमा करिब १६ हजार संक्रमित भएका छन् ।

यो संख्या दैनिक संख्या अहिलेसम्मकै उच्च हो । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा १५ हजार ९ सय ६८ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको जनाएको छ ।

त्यस्तै, कोरोनाका कारण ४ सय ५६ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कुल मृतकको संख्या १४ हजार ४ सय ७६ पुगेको छ भने सङ्क्रमितको संख्या ४ लाख ५६ हजार १८३ पुगेको छ ।

भारतमा अहिले सक्रिय संक्रमितको संख्या १ लाख ८३ हजार २२ रहेको छ । त्यस्तै, २ लाख ५८ हजार ६ सय ८५ उपचारपछि निको भएका छन् ।

भारतमा सबैभन्दा धेरै महाराष्ट्रमा सङ्क्रमित भएका छन् । महाराष्ट्रमा अहिलेसम्म १ लाख ३९ हजार १० जना सङ्क्रमित भएको तथ्याङ्क छ ।

त्यसैगरी महाराष्टमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ हजार ५ सय ३१ ज्ना पुगेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार भारतको राजधानी नयाँ दिल्लीमा भने सङ्क्रमितको संख्या ६६ हजार ६ सय २ जना रहेको छ भने २ हजार ३ सय १ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित