४ कार्तिक २०८३, बुधबार

सापटी रकम लिन बोलाएर बलात्कार गरेको आरोपमा पक्राउ

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

ललितपुर, १० असार । प्रहरीले ललितपुरमा सापटी रकम लिन बोलाएर बलात्कार गरेको अभियोगमा एकजना पक्राउ गरेको छ ।

प्रहरीले २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुर महानगरपालिका–१४ तिखेदेवल बस्ने महोत्तरी मगहा नगरपालिका–२ का ३५ वर्षीय लालबाबु सदालाई पक्राउ गरेको हो ।

गत जेठ २७ गते ती महिलालाई ललितपुर महानगरपालिका–१४ महालक्ष्मीस्थानस्थित निर्माणाधीन घरमा सापटी रकम लिन बोलाई जबरजस्ती करणी गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।