२ कार्तिक २०८३, सोमबार

विवादित क्षेत्रबाट भारतीय र चिनियाँ सेना पछि हट्न तयार

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० असार । विवादित क्षेत्रबाट भारतीय र चिनियाँ सेना पछि हट्न तयार भएको अधिकारीहरुले बताएका छन् ।

भारत र चीनको सम्बन्धमा जारी तनावबीच दुई देशका अधिकारीले मंगलबार भारतीय सेना र चिनियाँ सेनाका अधिकारी विवादित जमिनबाट पछि हट्नका लागि तयार भएको बताएका हुन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार एक भारतीय अधिकारीले ‘दुवै पक्षमा पछि हट्नका लागि आपसी सहमति स्थापित’ भएको जानकारी दिएका छन् ।

बीबीसीका अनुसार सोमबार ११ घण्टासम्म सीमामा चलेको बैठकमा यस्तो नतिजा सार्वजनिक भएको हो ।

यसअघि सीमामा दुवै पक्षबीच १५ जुनमा भएको झडपमा १० सैनिकको मृत्यु भएको थियो ।

त्यसपछि नै भारतमा चीन विरोधी व्यवहार देखिएको छ । भारतीय नागरिकले चिनियाँ उत्पादनको बहिष्कार गर्नेदेखि सरकारमाथि दबाब बनाउने कोसिससमेत गरिरहेका छन् ।