शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

नेकपाको स्थायी कमिटी बैठक जारी, यस्ता एजेण्डामा छलफल हुँदै (फोटो फिचर)

दैनिक नेपाल २०७७ असार १० गते १२:४४

काठमाडौँ, १० असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक विहान ११ बजेदेखि बालुवाटारमा जारी रहेको छ ।

पार्टीको पाँचौँ स्थायी कमिटी बैठकमा वर्तमान परिस्थिति र स्थायी कमिटीको बैठकका सम्बन्धमा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले मन्तव्य राख्दैछन् ।

त्यस्तै, बैठकमा सरकारका काम कारवाहीका विषयमा पनि समीक्षा हुने बालुवाटार स्रोतले जानकारी दिएको छ ।

कोभिड–१९ नियन्त्रण, रोकथाम र उपचार सम्बन्धमा, नेपालको सीमा समस्या र समाधानसहित अन्य विषयमा पनि छलफल हुनेछ । पार्टी एकताका कामहरु, एमसीसी र विविध विषय पनि छलफलको सूचीमा रहेका छन् ।

बैठकमा प्रमुख रुपामा कोरोनाभाइरस महामारीको नियन्त्रण हुन नसकेको बारे छलफल हुने जनाइएको छ । त्यस्तै, चिकित्सा सामग्री खरिदमा भएको भ्रष्टाचार, अनियमितता छानबिनबारे पनि प्रश्न उठ्न सक्ने नेताहरुले बताएका छन् ।

लिम्पियाधुरा–कालापानी क्षेत्र समेटेर नक्सा जारी गर्ने र संविधानमा अंकित गर्ने कार्य पनि कार्यका निम्ती धन्यवाद प्रस्ताव समेत रहेको जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित