बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

स्पेनिस ला लिगामा बार्सिलोना शीर्ष स्थानमै

दैनिक नेपाल २०७७ असार १० गते ७:०३

लण्डन, १० असार । स्पेनिस ला लिगामा बार्सिलोना फेरि शीर्ष स्थान कायम गरेको छ ।

मंगलबार राति भएको खेलमा बार्सिलोनाले एथ्लेटिक विल्बाओलाई १–० ले हराएर शीर्ष स्थानमा फर्किएको हो ।

बार्सिलोनाको जितमा खेलको ७१ औं मिनेटमा इभान राकिटिचले गोल गरे । जितपछि बार्सिलोनाले तीन अंक जोड्यो । बार्सिलोनाले दोस्रो स्थानको रियलसँग तीन अंकका अग्रता बनाएको छ ।

३१ खेलमा बार्सिलोनाको ६८ अंक छ भने एक खेल कम खेलेको रियलको ६५ अंक छ । ला लिगामा एट्लेटिको मड्रिडले लेभान्टेलाई एक शून्यले हराएको छ भने अर्को खेलमा भालाडोलिड र गेटाफेले बराबरी खेलेका छन् ।

प्रतिक्रिया
सम्बन्धित