४ कार्तिक २०८३, बुधबार

मंगलबार कहाँ कति थपिए कोरोना संक्रमित ?

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ असार । मंगलबार ५ सय ३८ जना कोरोना संक्रमित थपिएका छन् ।

यससँगै नेपालमा कोरोना संक्रमितको सख्या १० हजार ९९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

उपचारपछि निको हुनेको संख्या २ हजार २ सय २४ जना पुगेको छ । २४ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ । हालसम्ममा रसुवाबाहेक ७६ वटा जिल्लामा संक्रमण फैलिसकेको छ ।

थपिएका संक्रमितहरुमध्ये सबैभन्दा धेरै प्युठानमा रहेका छन् । गत २४ घण्टामा प्युठानमा थप ६० जना संक्रमित थपिएका छन् ।

त्यसैगरी, पाल्पाका ४८, धनुषाका ३९, कैलालीका ३८, गोरखाका २९, सुर्खेतका २३, स्याङ्जा, नवलपुर, बझाङ र दैलेखका २२/२२ जना रहेका छन् ।

त्यस्तै, पर्वतमा २१ जना, बाजुरामा २०, दाङमा १९, सप्तरी र धादिङमा १८/१८, कञ्चनपुरमा १७, बाग्लुङमा १४, रौतहटमा १३, महोत्तरी र झापामा १२/१२ जना संक्रमितहरु थपिएका छन् ।

त्यसैगरी, कास्की र तनहुँका ८/८, सिराहा र अछामका ७/७, सुनसरीका ६, लमजुङका ५, गुल्मीका ५, सल्यान र डडेल्धुराका ४/४, मोरङ, तेह्रथुम, अर्घाखाँची, सर्लाही र रुपन्देहीका २/२ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, मंगलबार कालीकोट, हुम्ला र पर्वतका एक एक जनामा कोरोनाभाइरस संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।