४ कार्तिक २०८३, बुधबार

थप एक जना कोरोना संक्रमितको मृत्यु

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, ९ असार । कर्णाली प्रदेश अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

असार ४ गते कोरोनाभाइरस संक्रमण पुष्टि भएका दैलेखको दुल्लु नगरपालिका ३ का ४५ वर्षीय पुरुषको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

उनको सोमबार राती ९ बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

क्षयरोगका बिरामी उनी असार ३ गते अस्पताल भर्ना भएका थिए । कोरोना परीक्षण गर्दा ४ गते कोरोना पुष्टि भएको थियो ।

कोरोना देखिएपछि उनलाई कोरोना विशेष अस्पतालमा सिफ्ट गरिएको अस्पतालले जनाएको छ । सुर्खेतमै उनको अन्त्योष्टिको तयारी भइरहेको जनाइएको छ ।

उनीसँगै आएकी श्रीमतीमा भने कोरोना नेगेटिभ देखिएको छ । यससँगै नेपालमा २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।