४ कार्तिक २०८३, बुधबार

छोरीमाथि करणी गरेको अभियोगमा पक्राउ

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

ललितपुर, ९ असार । आफ्नै १७ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका ६ बस्ने सिन्धुपाल्चोक घर भएका ४० वर्षीय पुरुषलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ती पुरुषले २०७६ कात्तिक १२ गतेदेखि विभिन्न डर त्रासमा पारी पटक पटक आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।