
काठमाडौँ, ९ असार । कुवेतमा आममाफी पाएका १ सय ६० जना नेपाली काठमाडौँ आइपुगेका छन् ।
पछिल्लो समय त्यहाँ समस्यामा परेका नेपालीहरुलाई स्वदेश ल्याइने काम भइरहेको छ ।
यसैक्रममा उनीहरूलाई कुवेत सरकारले जजिरा एयरलायन्सबाट निःशुल्क रूपमा स्वदेश फर्काएको हो । कुवेतमा आममाफी पाउनेको संख्या करिब ३ हजार रहेको छ । उनीहरूलाई दैनिक रूपमा नेपाल ल्याइँदैछ ।
त्यसैगरी, कतारबाट १ सय ४५ नेपाली स्वदेश फर्किएका छन् । उनीहरू हिमालयन एयरलाइन्सको जहाजबाट फर्केका हुन् ।
त्यस्तै, माल्दिभ्सबाट १ सय ५०, अस्ट्रेलियाबाट २ सय ७५, बंगलादेशबाट १ सय ४४ र साउदीको जेद्दाबाट १ सय २५ जना नेपाली स्वदेश आउने क्रममा रहेका नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।















प्रतिक्रिया