बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

इटालियन सिरी ए फुटबलमा युभेन्टससँग बोलोग्ना पराजित

दैनिक नेपाल २०७७ असार ९ गते ९:४६

लण्डन, ९असार । इटालियन सिरी ए फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा युभेन्टस विजयी भएको छ । शीर्ष स्थानको युभेन्टसले बोलोग्नालाई २–० ले पराजित गरेको हो ।

अवे मैदानमा भएको खेलमा इन्जुरी समयको केही मिनेट युभेन्टस १० खेलाडीमा सीमित भएको थियो । युभेन्टसले दुवै गोल पहिलो हाफमा गरेको हो ।

उसका लागि २३ औँ मिनेटमा पाएको पेनाल्टीमा क्रिष्टियानो रोनाल्डोले गोल गरेर सुरुवाति अग्रता दिलाए । ३६ औँ मिनेटमा पाउलो डिबालाले गोल गरेर टिमको अग्रता दोब्बर पारे ।

डानिलो इन्जुरी समयको पहिलो मिनेट अर्थात ९१ औँ मिनेटमा दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए । जितपछि युभेन्टसको २७ खेलबाट ६६ अंक भएको छ ।

सोमबार राति नै भएका अरु खेलमा एसी मिलानले लिचेलाई ४–१ पराजित गर्दा फियोरेन्टिना र ब्रेसियाले १–१ को बराबरी खेलेर अंक बाँडेका छन् ।

प्रतिक्रिया
सम्बन्धित