१२ कार्तिक २०८३, बिहिबार

काठमाडाैंका यी स्थानहरूमा लोडसेडिङ हुने

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, ९ असार । काठमाडाैंका केही स्थानमा मंगलबार केही समय लोडसेडिङ हुने भएको छ ।

महाराजगञ्ज वितरण केन्द्रको गणेशस्थान फिडरबाट वितरित लाइन बूढानीलकण्ठ नगरपालिकाको वडानम्बर २ स्थित गणेश चोकको जीर्ण लाइनको पोल परिवर्तन गर्नुपर्ने भएकोले बत्ती जाने भएको हो ।

दिउँसो १२ बजेदेखि बेलुकी ५ बजेसम्म केही स्थानमा लोडसेडिङ हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार घुम्ती, धापासी, च्यासिन्टोल, हात्तीगौंडा, बालुवा डीपो, हेपालीलगायतका स्थानमा आज बत्ती जानेछ ।

तोकिएको समयभन्दा अघि नै काम सम्पन्न भए ५ घण्टा अघि नै बत्ती आउन पनि सक्ने प्राधिकरणले जनाएको छ ।