२ कार्तिक २०८३, सोमबार

डब्लुएचओद्वारा काेराेनाकाे महामारीलाई राजनीतिकरण नगर्न चेतावनी

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, ९ असार । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुखले महामारीलाई राजनीतिकरण नगर्न चेतावनी दिएका छन् ।

‘विश्व नेताहरुले कोरोना भाइरससँगै उत्पन्न महामारीलाई राजनीतिकरण गर्न पाउनुहुन्न, बरु एकताबद्ध भएर लड्नु पर्छ,’ डब्लुएचओ प्रमुख टेड्रोस अधानोम गेबे्रयोसुसले सोमबार भनेका छन् ।

उनले अझै पनि कोरोना भाइरसको संक्रमण उत्तिकै फैलिइरहेको र यसले गर्ने क्षतिमा कमी नभएको पनि उल्लेख गरेका छन् ।

संक्रमितहरूको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको प्रति अपेक्षित सम्वेदलनशीलता विश्व नेताहरुमा नदेखिएको चिन्ता पनि उनले व्यक्त गरेका छन् ।

राजनीतिकरण नगर्न आह्वान गरिएकोसम्वन्धी उनको भनाइ विषेश गरेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति बढी लक्षित रहेको बताइएको छ ।

उनले अमेरिकामा पर्याप्त सतर्कता नअपनाइएको र राजनीतिक दाउपेचका कारण अनाहकमा धेरै मानिसको मृत्यु भइरहेको टिप्पणी पनि गरेका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले पनि विश्वभरि कोरोना भाइरसको महामारी शुरु भएदेखि नै डब्लुएचओले प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै आलोचना गर्दै आएका छन् ।

डब्लुएचओ प्रमुख गेब्रेयेसुसले ब्राजिल, इराक, भारत, दक्षिणी तथा पश्चिमी अमेरिकी देशहरुको अवस्थाप्रति पनि चिन्ता व्यक्त गरेका छन् ।

ती देशहरूमा अझै पनि धेरै कोरोना भाइरसबाट संक्रमितहरू धेरै रहेको र अस्पतालमा बिरामीको भिड भइरहेको उनले उल्लेख गरेका छन् ।

विश्वभरि पछिल्लो तीन महिना कोरोना भइरसको महामारी फैलिएको छ । शुरुको तीन महिनामा विश्वभरी दश लाख मानिस संक्रमित भएको र त्यति नै संख्यामा संक्रमितहरू पछि आठ दिनमा बृद्धि भएको पनि डब्लुएचओले जनाएको छ ।