४ कार्तिक २०८३, बुधबार

कोरोना जितेपछि दुवोको मालासहित सिँगारेर विदाइ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ असार । सिन्धुलीका ३ जना युवालाई कोरोना संक्रमणमुक्त भएपछि दुवोको मालासहित सिँगारेर डिस्चार्ज गरिएको छ ।

भारतबाट आएका उनीहरु सिन्दुधीलको क्वारेन्टिनमा बसेका थिए । कोरोना पुष्टि भएपसँगै उनीहरुलाई सिन्धुली अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो ।

उनीहरु भर्ना भएको २२ दिनपछि डिस्चार्ज भएका हुन् । उनीहरुको पछिल्लो पटकको परीक्षणमा नेगेटिभ देखिएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । डिस्चार्जपछि उनीहरुलाई फूलका गुच्छा एवम दुवोको माला लगाएर विदाइ गरिएको छ ।