४ कार्तिक २०८३, बुधबार

पाल्पामा एकै दिनमा ८२ जनामा कोरोना संक्रमण

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ असार । पाल्पामा एकै दिनमा थप ८२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

जिल्लाको पूर्वखोला गाउँपालिकाको क्वारेन्टिनमा रहेका ८० जना र माथागढी गाउँपालिकाको क्वारेन्टिनमा रहेका २ जनामा कोरोना संक्रमण देखिएको हो ।

उनीहरुको प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा परीक्षण गर्दा पोजेटिभ देखिएको हो ।

संक्रमितहरु ३ देखि ५८ वर्ष उमेर समूहका रहेका छन् ।

पूर्वखोला गाउँपालिकाका ५८ जनामा सोमबार संक्रमण देखिएको हो । पूर्वखोलामा मात्रै संक्रमितको संख्या ९२ पुगेको छ । त्यस्तै, जिल्लामा कोरोना संक्रमितको संख्या १ सय ७६ जना पुगेको छ ।