
काठमाडौँ, ८ असार । राजी गुरुङ उर्फ मनाङेले गण्डकी प्रदेश सभाको संसदीय समितिबाट राजीनामा दिएका छन् ।
उनले शुक्रबार अर्थ तथा विकास समिति सभापति दीपक कोइरालालाई राजीनामा बुझाएका हुन् ।
उनले खेलकुद, क्रसर र ठेक्कापट्टा लगायतमा अनियमितता हुने गरेको तर आफू बसेको समितिलाई केही गर्ने अधिकार नभएको भन्दै राजीनामा गरेको बताएका छन् । सरकारी कर्मचारीहरुको मिलेमतोमा ठेक्कापट्टा हुने गरेको भन्दै उनले राजीनामा दिएको जनाएका छन् ।















प्रतिक्रिया