४ कार्तिक २०८३, बुधबार

थप ५ सय ३५ जनामा कोरोना, ३ सय ७० डिस्चार्ज, ७६ जिल्लामा संक्रमण फैलियो

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ असार । नेपालमा थप ५ सय ३५ जना कोरोना संक्रमित थपिएका छन् ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मलेनमार्फत गत २४ घण्टामा थप ५ सय ३५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।

पछिल्लो दिनहरुमा संक्रमितहरुको संख्या बढ्दै गइरहेको छ । त्यस्तै, प्रवक्ता गौतमका अनुसार देशका ७६ वटा जिल्लामा संक्रमण फैलिसकेको छ । रसुवाबाहेक सबै जिल्लामा संक्रमण देखिएको हो ।

पछिल्लो तथ्यांकअनुसार नेपालमा संक्रमितको संख्या ९ हजार ५ सय ६१ जना पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप ३ सय ७० जना डिस्चार्ज भएका छन् । गत २४ घण्टामा ६ हजार १ सय ९८ जनाको पीसीआर परीषण गरिएको मन्त्रालयले जनाएको छ ।

हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या २३ रहेको छ ।