४ कार्तिक २०८३, बुधबार

पर्यटनमन्त्री बोल्दा बोल्दै कसरी देखियो पोर्न भिडियो ?

5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ असार । नेपाल पर्यटन बोर्डको जुम मिटिङमा पर्यटनमन्त्री योगेश भट्टराई बोल्दा बोल्दै पोर्न (अश्लिल) भिडियो चलेको छ ।

पर्यटन उद्योग खोल्ने तयारी स्वरुप सुरक्षा मापदण्डसहितको प्रोटोकल सार्वजनिका जुम मिटिङको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा मन्त्री भट्टराईले बोलिरहँदा पोर्न मुभि प्रशारण भएको थियो ।

कसरी अश्लिल भिडियो प्रशारण भयो भन्नेबारे यकिन जानकारी छैन । यद्यपि कसैले मिटिङको लिंक ह्याक गरेर यस्तो दृश्य देखाएको हुन सक्ने अनुमान गरिएको छ ।

करिब २ सय जनाको सहभागिता रहेको उक्त मिटिङमा अन्य केहीले बोलीसकेपछि मन्त्री भट्टराई बोल्ने क्रममा त्यस्तो भएको थियो ।

मिटिङमा कुन अकाउन्टबाट कसरी भिडिओ सेयर भयो भन्ने विषयमा छानबिन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बोर्डलाई निर्देशन दिइसकेको छ ।

बोर्डका अध्यक्ष तथा मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले बोर्डलाई छानबिन गर्न निर्देशन दिइएको जानकारी दिए।