
काठमाडौं, ८ असार । कर्णाली प्रदेश अस्पतालमा कार्यरत ५ जना स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
अस्पतालका निर्देशक डाक्टर डम्बर खड्काका अनुसार आकस्मिक कक्षमा उपचार गराइरहेका ३ जना बिरामीमा कोरोना पोजेटिभ देखिएपछि ४२ जना स्वास्थ्यकर्मीलाई क्वारेन्टिनमा राखिएको थियो ।
पिसीआर परीक्षणका क्रममा तीमध्ये पाँच जनामा कोरोना पुष्टि भएको थियो । उनीहरूलाई अस्पतालकै आईसोलेशन वार्डमा राखिएको उनले जानकारी दिए।
प्रदेश अस्पतालमा कार्यरत एक विशेषज्ञका अनुसार पोजेटिभ देखिएकाहरुमध्ये ४ जना प्रयोगशालामा कार्यरत हुन् । एक जना भने एक्सरे कक्षमा कार्यरत छन्।











प्रतिक्रिया