७ मंसिर २०८३, सोमबार

उपप्रधानमन्त्री पोखरेल भन्छन्– लक डाउनको मोडालिटीअनुसार अब ठाउँहरू सिल हुन्छन्

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ असार । कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले अब लक डाउनको मोडालिटीअनुसार देशैभरी एकै पटक नभई ठाउँहरू सिल हुने बताएका विवरण सार्वजनिक भएका छन् ।

ठूला भिडभाड हुने रेष्टुरेन्ट, फिल्म हल, मलहरू तत्कालन खुलाउने अनुमति नहुने र कोरोना भाइरसको संक्रमणको अवस्थाअनुसार ठाउँहरूबारे निर्णय हुन सक्ने मिडिया रिपोर्टहरूमा उल्लेख छन् ।

भिडभाड हुने ठाउँ अवस्था सामान्य नभएसम्म खुलाउने अनुमति सरकारले नदिने उनले बताएका छन् । लक डाउनका कारण समस्या भएपछि केही मोडालिटी परिवर्तन गरेपछि खुकुलो भएको थियो ।

उक्त समितिले अवस्थालाई मुल्यांकन गरी लक डाउन र कोरोना रोकथाम नियन्त्रणसम्बन्धी प्रस्ताव तयार पारेपछि मन्त्रिपरिषदको बैठकले अनुमोदन गर्दै आएको छ ।