
काठमाडौं, ८ असार । पास बिना नै यात्रु बोकी लामा दूरीका बस काठमाडौं उपत्यका भित्रिने क्रममा नागढुंगामा प्रहरीले नियन्त्रणमा लिएको छ ।
महानगरीय प्रहरी वृत्त, थानकोटले नेपालगञ्ज र झापाबाट आएको तीन वटा यात्रुबाहक बसलाई यात्रुसहित नियन्त्रणमा लिएको छ । चालकलाई कानुनी कारबाही र यात्रुलाई सोही ठाउँमा रहेको सत्सङमा राखिएको छ ।
पासविना कोरोनाको परीक्षण समेत नभएका व्यक्तिलाई महँगोमा ओसारेको अभियोगमा बाँकेको नेपालगञ्ज–६ घर भएका राहुल डबरगर, सनुसरीका राकेश शाक्य, बाँकेका रुद्रबहादुर खत्रीवरिद्ध मुद्दा चल्ने भएको हो ।
डबगरले नेपालगञ्जबाट बा४ख ४५८० नम्बरको हाइस गाडीमा ८ जना यात्रु बोकेर काठमाडौंसम्म ल्याएका थिए भने शाक्यले १९ जना यात्रुलाई ना५ख ५८३४ नम्बरको यात्रुवहाक बसमा काठमाडौं ल्याएका थिए ।
खत्री १५ जना यात्रु लिएर नेपालगञ्जबाट ना७ख ७३९५ नम्बरको यात्रुवाहक बसमा काठमाडौं आएका थिए । उक्त सवारी साधनमा सवार ४२ जना यात्रुलाई किर्तिपुर राधाश्वामी सत्सङ होल्डिङ जोनमा आवश्यक व्यवस्थापनको लागि पठाइएको छ ।











प्रतिक्रिया