शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

इंग्लिस प्रिमियर लिग फुटबल चेल्सी विजयी, चक्मा खायाे एस्टन भिल्लाले

दैनिक नेपाल २०७७ असार ८ गते १०:२५

लण्डन, ८ असार । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा चेल्सी विजयी भएको छ ।

चौथो स्थानको चेल्सीले अवे मैदानमा भएको खेलमा पुछारबाट दोस्रो स्थानमा रहेको एस्टन भिल्लालाई २–१ ले पराजित गरेको हो ।

रेलिगेशनको जोखिममा रहेको एस्टन भिल्लाले पहिलो हाफमा अग्रता लिएर पनि जोगाउन सकेन । ४३ औँ मिनेटमा हायुजको गोलबाट भिल्लाले अग्रता लिएको थियो ।

तर ६० औँ मिनेटमा पुलिसिकले चेल्सीका लागि बराबरी गोल फर्काए । त्यसको दुई मिनेटपछि ओलिभर जिरउडले गोल गरेर चेल्सीको जित निश्चित गरेका हुन् ।

जितपछि फ्र्यांक लाम्पार्डको टिम चेल्सीको ३० खेलबाट ५१ अंक भएको छ । उ तेस्रो स्थानको लेस्टर सिटी भन्दा तीन अंकले पछि र पाँचौँ स्थानको म्यानचेस्टर युनाइटेड भन्दा पाँच अंकले अघि रहेको छ ।

१९ औँ स्थानमा रहेको एस्टन भिल्लाको ३० खेलबाट २६ अंक रहेको छ । उ रेलिगेशन जोनबाट माथि रहेको वेष्ट ह्यामभन्दा एक अंकले पछि परेको छ ।

लिग अन्तर्गत आइतबार राति भएका अरु खेलमा न्यूक्यासलले शेफिल्ड युनाइटेडलाई ३–० ले पराजित गरेको छ भने शीर्ष स्थानको लिभरपुल एभर्टनसँग गोल रहित बराबरीमा रोकिएको छ ।

प्रतिक्रिया
सम्बन्धित