२ कार्तिक २०८३, सोमबार

ब्राजिलमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५० हजार नाघ्याे

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ब्राजिल, ८ असार । दक्षिण अमेरिकी देश ब्राजिलमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको ५० हजार नाघेको छ ।

कोरोना भाइरसको महामारीबाट विश्वमै सबैभन्दा बढी प्रभावित हुने देशको सूचिमा दोस्रो स्थानमा रहेको ब्राजिलमा अहिलेसम्म कोभिड–१९ बाट ५० हजार ५९१ जनाको ज्या नगएको जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रले जनाएको छ ।

ब्राजिलमा कुल संक्रमितको संख्या १० लाख ८३ हजार हजार भन्दा बढी पुगेको छ । दक्षिण अमेरिकी देश ब्राजिल हाल कोरोना भाइरस महामारीको इपिसेन्टर बनेको छ ।

परीक्षण अति कम भएकाले संक्रमित हुनेको संख्या अहिले भनिए भन्दा धेरै हुन सक्ने विज्ञले बताएका छन् । विज्ञका अनुसार ब्राजिलमा महामारीले उच्च तह पार गर्न अझै केही हप्ता लाग्ने बताएका छन् ।

ब्राजिल भन्दा अमेरिकामा मात्रै संक्रमित तथा मृत्यु हुनेको संख्या धेरै छ । अमेरिकामा २२ लाख ७८ हजार भन्दा बढी संक्रमित भएका छन् । त्यसमध्ये एक लाख १९ हजार ९ सय भन्दा बढीको ज्यान गएको छ ।

ब्राजिलका गरिब तथा आदिवासी समुदाय महामारीबाट सबैभन्दा बढी प्रभावित भएका छन् । कोरोना भाइरस महामारी नियन्त्रणमा अति कमजोर प्रयास गरेको भन्दै राष्ट्रपति जायर बोल्सोनारोको गम्भीर आलोचना हुँदै आएको छ । सुरुमा बोल्सोनारोले कोरोना भाइरसको महामारीलाई ‘सामान्य फ्लू’ भन्ने गरेका थिए ।